दमकको मेयरमा राप्रपाबाट राम थापाको उम्मेदवारी घोषणा – Nepal Press

दमकको मेयरमा राप्रपाबाट राम थापाको उम्मेदवारी घोषणा

झापा । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ ।

आज पार्टीको दमकमा आयोजित आमसभामा थापाको उमेदवारी घोषणा भएको हो । राप्रपाको प्रदेश नम्बर-१ को अध्यक्ष समेत रहेका थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन् ।

उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन् । झापामा राप्रपाको संगठन प्रभावकारी रहेको छ ।

झापाको क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधि सभाको निर्वाचन जितेको छ, सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् ।

राप्रपाको प्रदेश-१ को संसदमा पनि प्रतिनिधित्व रहेको छ भने झापामै गत निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपाले बिजय प्राप्त गरेको थियो ।

दमकमा आज आयोजित आमसभामा एक हजार भन्दा बढी व्यक्ति राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उमेदवारी घोषणा गरेका थापालाई बिजयको शुभकामना दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले आज शक्ति प्रदर्शन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर