एमालेका तीन पूर्वअर्थमन्त्रीले मुलुकको आर्थिक संकटबारे पत्रकार सम्मेलन गर्दै – Nepal Press

एमालेका तीन पूर्वअर्थमन्त्रीले मुलुकको आर्थिक संकटबारे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन र देशको बिग्रँदो अर्थस्थितिबारे एमालेबाट अर्थमन्त्री भएका तीन नेताले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले गभर्नर महाप्रसाद अधिकारी निलम्बन, अहिलेको अर्थतन्त्र र विश्व अर्थतन्त्रमा पारेको प्रभावका विषयमा व्याख्या गर्नेछन्।

पत्रकार सम्मेलन साढे १२ बजे होटल हिमालयमा आयोजना गरिएको छ ।

सरकारले गोप्य सूचना मिडियालाई दिएको आरोपमा गभर्नर अधिकारीलाई निलम्बन गरेको छ । पछिल्लो समय देशको अर्थतन्त्र नराम्ररी बिग्रिएको छ भने मूल्यवृद्धि अचाक्ली छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर