मधेस आन्दोलनपछि पहिलोपटक ओली मलंगवा आउँदै, मेयरसहित मधेसवादी नेताहरू एमाले प्रवेश गर्ने – Nepal Press

मधेस आन्दोलनपछि पहिलोपटक ओली मलंगवा आउँदै, मेयरसहित मधेसवादी नेताहरू एमाले प्रवेश गर्ने

सर्लाही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मधेस आन्दोलनपछि पहिलोपटक सर्लाही सदरमुकाम मलंगवा जाने भएका छन् । मधेस आन्दोलनका बेला ओलीलाई मधेसवादी दलले निषेध गरेका थिए ।

मधेसवादी दलबाटै निर्वाचित मेयर र अन्य नेताहरूलाई पार्टी प्रवेश गराउन ओली वैशाख ३ गते मलंगवा जाने भएका छन् । वृहत आमसभाको तयारी भइरहेको र एक लाख मान्छे मलंगवामा एमालेले उतार्ने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले बताए ।

सोही कार्यक्रममा जिल्लाको कविलासी नगरपालिकाका मेयर कौशलकुमार यादव र अन्य नगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरू एमाले प्रवेश गर्ने भएका छन् । यादव २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर निर्वाचित भएका थिए भने एमाले तेस्रो स्थानमा थियो ।

हाल जसपामा रहेका यादव तत्कालीन मधेसी जनअधिकार फोरमको जिल्ला अध्यक्ष पनि थिए । एमाले राजमार्ग क्षेत्रबाट भित्र आफ्नो प्रभाव बनाउने क्रममा मेयर यादवसहित विभिन्न नगरपालिका र गाउँपालिकाका निर्वाचित तथा दोस्रो स्थानमा रहेकाहरुलाई वैशाख ३ गते पार्टी प्रवेश गराउने तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर