मकै र तरकारी पकेट क्षेत्रमा फौजी किराको प्रकोप – Nepal Press

मकै र तरकारी पकेट क्षेत्रमा फौजी किराको प्रकोप

बाँके । बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएको छ ।

मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए ।  भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएकोले कलिलो मकैको डाँठ खाइदिएपछि बिरुवा सुक्न थालेका उनको भनाइ छ ।

किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा –६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसायिक रूपमा तरकारी खेती पनि गर्ने गरिएको छ । तीन वर्षअघि अमेरिकाबाट अफ्रिका–भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो । फौजी किरा अहिले यतै बसेको छ । फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

दिउँसोमा लुकेर बस्ने फौजी किराले रातिमा आक्रमण गर्छ । यहाँको वातावरण उसका लागि अनुकूल छ, बेलैमा औषधि हालेमा फौजी किराको असर नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर