नेपाली सेनाले सशस्त्रलाई दियो ५ सय इन्सास राइफल – Nepal Press

नेपाली सेनाले सशस्त्रलाई दियो ५ सय इन्सास राइफल

काठमाडौं । नेपाल सेनाले ससस्त्र प्रहरी बल (एपीएफ) लाई ५ सय थान इन्सास राइफलसहित ५ सय ९० थान हतियारहरू हस्तान्तरण गरेको छ ।

सैनिक जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापती प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी शैलेन्द्र खनाललाई उक्त हतियार हस्तान्तरण गरे । ९० थान हतियार एलएसडब्लू रहेका छन् ।

नेपाली सेनाले शसस्त्र प्रहरीलाई १० हजार ६ सय थान हतियार उपलब्ध गराउने निर्णयबमोजिम पहिलो चरणमा ती हतियार दिइएको हो ।

सेनाले दिने हतियारमा ९ हजार थान इन्सास राइफल र १६ सय थान एलएसडब्लू रहने छन् । मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णयअनुसार सेनाले सशस्त्र प्रहरीलाई निशुल्क ती हतियार दिन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर