अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउने सुरेन्द्र पाण्डेको चेतावनी, गैरकानूनी काम गरिरहेको आरोप (भिडिओ) – Nepal Press

अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउने सुरेन्द्र पाण्डेको चेतावनी, गैरकानूनी काम गरिरहेको आरोप (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले कानून विपरीत काम गरिरहेको भन्दै आफ्नै गलगत कामका कारण अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले श्रीलंकामा अर्थमन्त्री भाग्नुपरेको भन्दै नेपालको अर्थमन्त्रीको अवस्था पनि त्यही हुन सक्ने बताए ।

पाण्डेले गलत नीति नै आर्थिक संकटको कारण भएकाले नेपालमा अर्थमन्त्री भाग्ने दिन आउन नदिन गम्भीर बन्न सुझाव दिए ।

उनले अर्थमन्त्री शर्माले विदेशबाट आएको अवैध रकम छुटाउन दबाब दिनु गम्भीर अपराध भएकाले यसको छानबिन हुनुपर्ने बताए ।

पाण्डेले त्यस्तो रकम छुटाउन अर्थमन्त्रीले गभर्नरलाई पत्र लेख्नु नै गैरकानूनी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर