बिग्रँदो अर्थस्थितबारे सभामुख भन्छन्- सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ (भिडिओ) – Nepal Press

बिग्रँदो अर्थस्थितबारे सभामुख भन्छन्- सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ (भिडिओ)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र निजी क्षेत्रले बृहत् छलफल र संवाद गरेर समाधान गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका समस्याहरु पनि संवादबाट नै हल गर्नुपर्ने उनले बताए । त्यस्तै उनले आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात घटाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

One thought on “बिग्रँदो अर्थस्थितबारे सभामुख भन्छन्- सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ (भिडिओ)

  1. विग्रदाे अर्थतन्त्र हाेईन विग्रदाे संसद सपार्नतिर लाग न । किन सरकारकाे कुरामा ध्यान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *