एआईजी सिफारिसविरुद्धको रिट: अन्तरिम आदेशको छलफलका लागि तोकिएको पेशी स्थगित – Nepal Press

एआईजी सिफारिसविरुद्धको रिट: अन्तरिम आदेशको छलफलका लागि तोकिएको पेशी स्थगित

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि गरिएको बढुवा सिफारिसविरुद्ध परेको रिटका लागि अन्तरिम आदेशको छलफल गर्न सोमबारका लागि तोकिएको पेशी सर्वोच्च अदालतले स्थगित गरेको छ।

यसअघि कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न चैत २८ गते पेशी तोक्न आदेश दिएका थिए। न्यायाधीश चुडालले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि मात्र त्यसबारे निर्णय गर्ने निष्कर्ष निकालेका थिए।

डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ कार्कीले वरिष्ठता मिचेर एआईजीका लागि सिफारिस गरिएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्।
उनीहरुले गरेको उजुरीमा लोक सेवा आयोगका प्रमुख अध्यक्ष रहने उजुरी सुन्ने समितिले बढुवा समितिको निर्णय सदर गरेपछि सरकारले धिरज प्रतापसिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरिसकेको छ।

उजुरी गर्ने तीनै जना डीआईजीले आगामी वैशाख १८ गते सेवाबाट अवकाश पाउँदैछन्। उजुरीकर्तामध्येका एक र्इश्वरबाबु कार्कीले सर्वोच्च अदालतले नै अग्राधिकार दिएको रिट आफैंद्वारा स्थगित हुनु दुखद् भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *