भारतका चार राज्यमा साम्प्रदायिक झडप, एकजनाको मृत्‍यु – Nepal Press

भारतका चार राज्यमा साम्प्रदायिक झडप, एकजनाको मृत्‍यु

काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न चार राज्यमा रामनवमीको अवसरमा निकालिएको र्यालीमा साम्प्रदायिक झडप भएको छ भने सोही कारण गुजरातमा एकजनाको मृत्‍यु भएको छ ।

गुजरातको खाम्बात शहरमा भएको झडपमा अन्दाजी ६५ वर्षी य वृद्धको मृत्‍यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । झडपका कारण खाम्बातका केही पसलहरुमा आगलागीसमेत भएको छ ।

यस्तै भारतको मध्यप्रदेशमा पनि साम्प्रदायिक झडप सुरु भएपछि हाल सेक्सन १४४ लागू गरिएको छ । गुजरात, मध्यप्रदेश सँगसँगै वेस्ट बेङ्गोल र झारखण्डमा पनि साम्प्रदायिक झडप भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर