अहिले एमालेमा हल्लाखल्ला चल्दैन, टिकट दिए जित्छु, नदिए जिताउन हिँड्छु – Nepal Press

अहिले एमालेमा हल्लाखल्ला चल्दैन, टिकट दिए जित्छु, नदिए जिताउन हिँड्छु

‘पहिले विश्वको उत्कृष्ट मेयरको उपाधी पाएँ, अब काठमाडौंलाई उत्कृष्ट सहर बनाउने योजना पूरा गर्छु’

केशव स्थापित २५ वर्षपछि पुनः काठमाडौं महानगरपालिकाको मेयर बन्ने प्रयासमा छन् । २०५४ सालमा कांग्रेसका मनमोहन भट्टराईलाई पराजित गरेर मेयर बनेका स्थापितको राजनीति केही वर्ष उबडखाबड पूर्ण बन्यो ।

पछिल्लो समय पार्टीको मूलधार नछाडेका स्थापित यस पटक मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । २०४९ सालमा उपमेयरमा पराजित भएयता स्थापितले एमालेबाट उम्मेदवार बनेर कतै पराजय भोगेका छैनन् ।

हाल प्रदेशसभा सदस्य रहेका स्थापितले अघिल्लो पटक पनि मेयरको अपेक्षा गरेका थिए । तर त्यस बेला विद्यासुन्दर शाक्यले मौका पाए । यस पटक पनि शाक्य समेत दाबेदार हुन् । तर स्थापित भने पार्टीले दिएको निर्णय मान्ने बताउँछन् ।

प्रस्तुत छ, सदाबहार चर्चामा आइरहने र कुनै बेला विश्वकै उत्कृष्ट मेयरको उपाधि पाएका स्थापितसँग गरिएको कुराकानी नेपाल टकमा ।

काठमाडौँ महानगरको मेयरको उम्मेदवारमा तपाईँको पनि चर्चा छ । तर, तपाईँ विगतको निर्वाचनमा जस्तो अहिले खुलेर बाहिर आउनु भएको छैन नि, किन हो ?

अहिलेको नेकपा एमालेको स्थिति र पाँच वर्षअघिको स्थिति फरक हो । पाँच वर्षअघि हाम्रो पार्टी नेकपा एमाले भने पनि साना–ठूला गुटको संयुक्त मोर्चा अर्थात् अनुचित मोर्चा जस्तो थियो । त्यसलाई फरक–फरक विचारले प्रभावित बनाउन मिडियामा आउनु पर्ने अवस्था थियो ।

मिडियामार्फत नै आफ्नो हैसियत देखाएर त्यसैका आधारमा मेरो पक्षमा निर्णय गर्नु पर्‍यो भनी शक्ति केन्द्रमा धाउने र प्रभावित बनाउने भन्ने हुन्थ्यो ।

भनेपछि अहिले मिडियामार्फत शक्ति देखाउनु पर्ने अवस्था छैन ?

अहिले हाम्रो गौरवशाली पार्टी नेकपा एमालेमा गुटको संयुक्त मोर्चा समाप्त भएको छ । नेकपा एमाले अहिले सबल, सुदृढ र सक्षम पार्टी बनेको छ । गुटको मोर्चा अन्त्यपछि नेकपा एमालेमा आन्तरिक स्वस्थ र स्वच्छ प्रतिस्पर्धाको राजनीति सुरु भएको छ । त्यसैले अहिले एमालेभित्रै हामीले सु–सङ्गठित रूपमा विचार राख्ने हो र पार्टीले विवेकपूर्ण ढंगले निर्णय गर्ने हो । त्यो भएकाले हामीले अहिले धेरै हो–हल्ला गर्नुपर्ने अवस्था छैन ।

नेकपा एमाले विधि, पद्धति र प्रणालीबाट चल्ने पार्टी हो । उम्मेदवार पनि यसैलाई आधार मानेर छनोट हुने हो । त्यसैले अहिले म उम्मेदवार ऊ उम्मेदवार भनेर हल्ला गर्ने होइन पार्टीलाई कसरी अझ सबल, सक्षम र सुदृढ बनाउने र त्यसका लागि कस्तो उम्मेदवार आवश्यक हुन्छ भनेर योजना बनाउने समय हो । काठमाडौँ महानगरपालिकाको मेयर बनेर नेतृत्व गर्न सक्ने एक से एक व्यक्ति हाम्रो पार्टीमा छौँ ।

विगतमा जस्तो मैले यस्तो गरेँ, मैले उस्तो गरेँ, मेरो यो योजना छ, मेरो त्यो योजना छ भनेर हो–हल्ला गरेर गुटलाई प्रभावित बनाएर आफ्नो पक्षमा निर्णय गराउन बाध्य बनाउनु पर्ने अवस्था छैन । त्यसले मैले बनाएका योजना, हामीले बनाएका योजना पार्टीको साझा सम्पत्ति हुन् ।

मेयरको बारेमा आन्तरिक रूपमा चर्चा भैरहेका बेला तपाईँले पनि केही तयारी त गर्नुभएको होला नि ?

काठमाडौँ महानगरको शिक्षा नीति कस्तो हुनुपर्छ ? स्वास्थ्यका क्षेत्रमा के–के गर्न सकिन्छ ? प्रभावकारी ढंगले राजस्व कसरी उठाउन सकिन्छ ? वातावरणका क्षेत्रमा के–कस्ता सुधार गर्न सकिन्छ ? भौतिक पूर्वाधारका क्षेत्रमा के–के गर्न सकिन्छ ? भन्ने जस्ता विषयमा मैले त्यो क्षेत्रका विज्ञहरूसँग गहन छलफल गरेको छु, योजना बनाएको छु ।

ती सबै हाम्रो पार्टी नेकपा एमालेका सम्पत्ति हुन् । विगतमा जस्तो मैले यस्तो गरेँ, मैले उस्तो गरेँ, मेरो यो योजना छ, मेरो त्यो योजना छ भनेर हो–हल्ला गरेर गुटलाई प्रभावित बनाएर आफ्नो पक्षमा निर्णय गराउन बाध्य बनाउनु पर्ने अवस्था छैन । त्यसले मैले बनाएका योजना, हामीले बनाएका योजना पार्टीको साझा सम्पत्ति हुन् ।

पहिला पार्टी गिजोलिएको थियो । जति हल्लियो त्यति भासिने अवस्थाको थियो । त्यति बेला दलदलमा भासिएको अवस्थामा हाँगो समाएर म पनि छु है भन्दै कराउनु पर्ने, चिच्याउनु पर्ने अवस्था थियो । अहिले त्यस्तो अवस्था छैन । विधि, पद्धतिमा विश्वास गर्ने दिव्यता भएको प्रस्ट देखिने सुदृढ र सक्षम नेतृत्व हाम्रो पार्टीमा छ ।

पहिला गुटको मोर्चाका कारण एकले अर्कालाई निषेध गरेर प्रतिस्पर्धा गर्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो अवस्था छैन । त्यसैले अहिले हाम्रो पार्टीका नीति, योजनाहरू र आफ्ना पनि केही सबल पक्षहरूलाई जनताको बिचमा स्वस्थ्य ढंगले लैजाने र हाम्रो पार्टीको महान् अभिभारा बोक्ने महाअभियानमा म र हामी लागेका छौँ ।

यसको मतलब तपाईँ पार्टीले सही व्यक्ति, सही ठाउँको निर्णय लिन्छ भन्नेमा आशावादी हुनुहुन्छ ?

पहिला–पहिला कार्यकर्ताको कुरा सुन्दासुन्दै निदाउने नेतृत्व थियो । त्यसले नेतृत्वलाई झकझक्याउन र ब्युँझाउन पनि ठूलो–ठूलो स्वरले चिच्याउनु पर्ने अवस्था थियो । पार्टी, संगठन र आम कार्यकर्ताबारे गहिरो अनुसन्धान गर्ने, सही सूचना लिने, संश्लेषण गर्ने र सङ्गठनको काम गरेर कहिल्यै नथाक्ने नेतृत्व हामीसँग छ ।

सुखी नेपाली समृद्ध नेपाल निर्माणको महाअभियानको नेतृत्व गर्ने हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली सङ्गठनको काम गरेर कहिल्यै नथाक्ने नेता हो । मुलुक बनाउनुपर्छ है भन्ने भावनासहितको नेतृत्व छ । हामी पनि मुलुक बनाउनुपर्छ है भन्ने नेतृत्वबाट निर्देशित कार्यकर्ता हौँ । हाम्रो पार्टीको हाइ कमाण्डका अधिकांश नेताहरू पनि गहन विश्लेषण गर्न सक्ने ल्याकत भएका हुनुहुन्छ । त्यस कारण नेतृत्वप्रति अहिले हामी सबैले गहिरो विश्वास राखेका छौँ ।

मैले नेतृत्व सम्हालेको करिब ६ महिनापछि एकीकृत सहरी विकासको योजना अघि बढाएँ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणको कामलाई अघि बढाएँ । अहिलेको लाइफलाइन बनेको धोविखोला कोरिडोरको कामलाई भगीरथ चुनौतीको सामना गर्दै मेरै कार्यकालमा अघि बढाएँ । काठमाडौँका पेप्सीकोला, नयाँ बजारलगायतका सात स्थान जहाँ दिउँसै स्याल कराउने घारी र खोला कुद्ने धाप क्षेत्र थिए । ती स्थानहरुमा एकीकृत जग्गा विकाससँगै सहर बनाउने योजना अघि बढाएँ ।

पार्टीले विवेकपूर्ण निर्णय गर्छ भन्नेमा म मात्रै होइन हामी आशावादी छौँ । पार्टीले गरेको विवेकपूर्ण निर्णयलाई हामी सबैले बोकेर हिँड्ने हो । हामी जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले अहिले आफ्नो लागि गर्ने चर्चालाई अन्यथा लिन हुँदैन भन्ने छ ।

तपाईँ आज भन्दा २०–२२ वर्ष पहिला काठमाडौँको मेयर हुनुहुन्थ्यो । अहिले पनि तपाईँकै बारेमा चर्चा हुन्छ भनेपछि तपाई उम्मेदवार बन्दै गर्दा पहिलेको कार्यकालका कुन कामहरू जनतालाई स्मरण गराउन चाहनुहुन्छ ?

काठमाडौँ सुन्दर सपना बुन्दै अवसरको खोजीमा आउने लाखौँको सपनाको सहर हो । तर, यही सहरका लाखौँ सहरवासीको मन निराशाले भरिएको थियो । मेयर निर्वाचित भएपछि मैले उनीहरूलाई आशा जगाउने धेरै कामहरू गरेँ । मैले निराशालाई मेटाउने प्रयासहरू गरेँ । निराशाहरूलाई आशामा बदल्न मेरो पौरख, मेरो गौरव नारा अघि सारेँ । मैले एकपछि अर्को गर्दै साना–ठूला काम गर्दै गएँ । त्यसले एकातिर मेरो आत्मविश्वास बढ्दै गयो भने अर्कोतर्फ महानगरवासीको मन पनि जित्दै गएँ ।

मैले नेतृत्व सम्हालेको करिब ६ महिनापछि एकीकृत सहरी विकासको योजना अघि बढाएँ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणको कामलाई अघि बढाएँ । अहिलेको लाइफलाइन बनेको धोविखोला करिडोरको कामलाई भगीरथ चुनौतीको सामना गर्दै मेरै कार्यकालमा अघि बढाएँ । काठमाडौँका पेप्सीकोला, नयाँ बजारलगायतका सात स्थान जहाँ दिउँसै स्याल कराउने घारी र खोला कुद्ने धाप क्षेत्र थिए । ती स्थानहरूमा एकीकृत जग्गा विकाससँगै सहर बनाउने योजना अघि बढाएँ । पछि हाम्रो सिको सिक्दै एकीकृत जग्गा विकासको योजना भुटान, भारत, अफ्रिकालगायतमा पनि प्रभावकारी ढंगले अघि बढ्यो । नेपालले गरेको नमूना काम उनीहरूका लागि पनि प्रभावकारी भयो ।

एकीकृत जग्गा विकासपछि बनेको नयाँ सहरमा बसेर, माइतीघर मण्डलामा ठिङ्ग उभिएर मात्रै होइन  रत्नपार्क आसपासको फराकिलो बाटोमा पुग्दा, सहरमा बनेका आकाशे पुलबाट फटाफट वारपार गर्दै–गर्दा अनि फराकिलो बनेको कलंकीको बाटो र कोरिडोरबाट यात्रा गर्दै–गर्दा कसैले पनि नेकपा एमालेलाई गाली गर्ने आँट गर्न सक्दैन । त्यहाँ सबैतिर नेकपा एमालेले गरेको परिवर्तन जबरजस्त देखिन्छ । त्यहाँ केशव स्थापित देखिन्छ ।

एकीकृत जग्गा विकासको योजना अघि बढाउँदा सुरुसुरुमा मलाई ढुंगा हान्न आए, खुकुरी लिएर काट्छु भन्दै आए, मेरो ज्यान मार्ने धम्की दिए । तर, मैले ती सबैको सामना गर्दै कामलाई अघि बढाएँ । सामान्य र साँघुरो ठाउँबाट मुस्किलले सेवाग्राहीलाई सेवा दिइरहेको काठमाडौँ महानगरपालिकाको कार्यालयलाई बागदरवारमा ल्याएँ ।

रत्नपार्क विस्तार गर्ने, माइतीघर मण्डला विस्तार गर्ने जस्ता काममा काठमाडौँ महानगरवासीको अपार साथ प्राप्त भयो । मैले बिस्तारै काठमाडौँवासीको मन जित्दै गएँ । जताततै विकासको लहर सुरु भएपछि गरे हुन्छ भन्ने मनोविज्ञान बन्दै गयो ।

मेरो कार्यकालमा ठूलो परिवर्तन भएन होला तर निराशालाई आशामा बदल्ने मनोविज्ञानको विकास मैले गरेँ । अभिशप्त ठाउँ भन्ने मनोविज्ञानलाई बदल्दै नयाँ सम्भावनाका क्षेत्रको खोजी गर्ने थालनी पनि मेरै कार्यकालमा भयो । त्यो अभियानले नयाँ पुस्तालाई समेत हामी नेतृत्वमा पुग्न सक्छौँ र केही बदल्न सक्छौँ भन्ने आशाको दियो बाल्ने काम गर्‍यो ।

संस्थागत संरचनामा पनि तपाईँको योगदानको चर्चा हुन्छ नि ?

म मेयर निर्वाचित भएर आउनु अघिसम्म काठमाडौँ महानगरमा संस्थागत संरचना नै थिएन । म निर्वाचित हुनु अघिसम्म काठमाडौँ महानगरमा फोहोर मैला हेर्ने भनिन्थ्यो । त्यहाँ समेत विभाग थिएन । मैले त्यसलाई वातावरण विभाग बनाएँ । भौतिक पूर्वाधार हेर्ने, वातावरण हेर्ने लगायतका छुट्टाछुट्टै विभागको संरचना मेरै पालामा निर्माण भयो । यी सबै कामका कारण म विश्वका उत्कृष्ट मेयर छनोटमा चौथो भएको थिएँ । त्यो मेरो कार्यकालमा गरेको कामले भएको हो ।

काठमाडौँ महानगरपालिका भित्र ९० बढी सरकारी विद्यालय छन् । ती मध्ये धेरै विद्यालयमा न्यून संख्यामा विद्यार्थी छन् । आवश्यकताका आधारमा ती विद्यालयलाई गाभेर अहिले राजधानीका सम्भ्रान्त विद्यालयले दिएको जस्तो अन्तराष्ट्रियस्तारको गुणस्तरीय शिक्षा त्यहाँ दिन सक्छौँ । विश्वविद्यालयमा पनि हामीले त्यही खालको योजना ल्याउन सक्छौँ । काठमाडौँ महानगरसँग शिक्षामा लगानी गर्न सक्ने प्रशस्त आधार छ ।

म अहिले पनि अभिमानका साथ भन्न सक्छु– एकीकृत जग्गा विकासपछि बनेको नयाँ सहरमा बसेर, माइतीघर मण्डलामा ठिङ्ग उभिएर मात्रै होइन रत्नपार्क आसपासको फराकिलो बाटोमा पुग्दा, सहरमा बनेका आकाशे पुलबाट फटाफट वारपार गर्दै–गर्दा अनि फराकिलो बनेको कलङ्कीको बाटो र कोरिडोरबाट यात्रा गर्दै–गर्दा कसैले पनि नेकपा एमालेलाई गाली गर्ने आँट गर्न सक्दैन । त्यहाँ सबैतिर नेकपा एमालेले गरेको परिवर्तन जबरजस्त देखिन्छ । त्यहाँ केशव स्थापित देखिन्छ । त्यसैले मैले म भनेर देखाउन आवश्यक छैन ।

तपाईँको मेयरमा चर्चा चल्दै गर्दा अघिल्लो पटक तपाईँ मेयर बनेको बेला जन्मिएका यहाँको बच्चा अहिले मतदाता बनेका छन् । उनीहरूको समेत मनोभावनालाई बुझेर अघि बढ्नुपर्ने जिम्मेवारी पनि त होला नि ?

अहिले धेरै युवामा धनीले मात्रै मोज गरे, नेताले मात्रै मोज गरे हामीलाई उपेक्षा गरे भन्ने आक्रोश छ । हाम्रो काठमाडौँ महानगरपालिका भित्र ९० बढी सरकारी विद्यालय छन् । ती मध्ये धेरै विद्यालयमा न्यून संख्यामा विद्यार्थी छन् । आवश्यकताका आधारमा ती विद्यालयलाई गाभेर अहिले राजधानीका सम्भ्रान्त विद्यालयले दिएको जस्तो अन्तराष्ट्रियस्तारको गुणस्तरीय शिक्षा त्यहाँ दिन सक्छौँ । विश्वविद्यालयमा पनि हामीले त्यही खालको योजना ल्याउन सक्छौँ । काठमाडौँ महानगरसँग शिक्षामा लगानी गर्न सक्ने प्रशस्त आधार छ । केन्द्रले पनि सहयोग गर्छ ।

अझ त्यसमा पनि हुने खानेसँग प्रशस्त शुल्क लिएर नहुनेलाई निःशुल्क, समान र गुणस्तरीय शिक्षाको व्यवस्था गर्न सकिन्छ । हामीले त्यति मात्रै गर्ने हो भने पनि ओहो महानगरपालिकाले हामीलाई प्राथमिकता दियो है, अब यहीँ प्रतिस्पर्धा गरौँ भन्ने भावना युवामा पैदा गर्न सकिन्छ । त्यसले वैदेशिक अध्ययनका लागि जाने युवालाई धेरै हदसम्म स्वदेशमै रोक्न सकिन्छ र उनीहरूको आक्रोशलाई कम गराएर नवनिर्माणमा लगाउन सकिन्छ । शिक्षाको क्षेत्रमा के गर्ने भन्ने यस्ता धेरै योजना मसँग छन् ।

पहिलाको राजदरबारको वरिपरि लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरू प्रफुल्ल हुन्छन् । त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ । त्यति मात्रै गर्ने हो भने पनि युवाहरू साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा ! काठमाडौँ महानगर भन्दै खुसी हुन्छन् ।

बूढाबूढीलाई दाँत लगाई दिने अभियान मात्रै महानगरपालिकाले चलायो भने दाँत नभएर खानेकुरा राम्रो चपाउन नसक्ने बूढाबूढीको मुहारमा चमक आउँछ । उनीहरूले महानगरको प्रशंसा सुरु गर्न थाल्छन् ।  यस्ता योजना मसँग छन् । युवाहरूलाई सय वर्षपछि कस्तो काठमाडौँ बनाउने, कस्तो नेपाल बनाउने भन्ने कुतकुती जगाउने नेतृत्व अहिलेको आवश्यकता हो ।  यी र यस्ता योजना धेर–थोर मसँग छ ।

यस्ता पार्क सहरभरि धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरूको योजना के– छ ? तिमीहरूको अपेक्षा के– छ ? भनेर घुलनशील भएपछि युवाहरूले ओहो ! हाम्रो समस्या बुझ्ने, चासो राख्ने पार्टी एमाले रहेछ भन्छन् । बिस्तारै उनीहरूको आकर्षणको पार्टी एमाले बन्न सक्छ ।

त्यति मात्रै होइन युवाहरूलाई उनीहरूको योग्यता, क्षमता र रुचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि मसँग छ । खेलकुद, सङ्गीतका क्षेत्रमा पनि हामीले धेरै गर्न सक्छौँ । झुसिल्किरा पनि पुतली बन्छ । युवा झुसिल्किरा होइन पुतली बन्नुपर्छ अर्थात् आफैँ स्वतन्त्र भएर उड्न सक्ने क्षमता भएका युवा उत्पादन गर्ने योजना बनाउनुपर्छ । युवालाई पुतली जस्तो हुने ऊर्जा दिने काम महानगरपालिकाले गर्नुपर्छ । त्यो योजना भएको पार्टी एमाले मात्रै हो । त्यो योजना एमालेबाट मेयरको उम्मेदवार बन्ने र जित्नेमा मात्रै छ । झुसिल्किराको कहिल्यै कविता बन्दैन कविता पुतलीको बन्छ । त्यसैले युवालाई झुसिल्किरामै बसिरहने होइन पुतली बनाउनुपर्छ, पुतली । त्यो रूपान्तरणको केही क्षमता मसँग छ भन्ने लाग्छ । यो पनि पार्टीको सम्पत्ति हो ।

काठमाडौं सहरलाई सबैको साझा सहर बनाउने अन्य योजनाहरू के–के छन् ?

७७ जिल्ला र विदेशका मानिससमेत बसोबास गर्ने ठाउँ हो, काठमाडौँ । काठमाडौँ आम नेपालीको सपनाको सहर हो । हरेक नेपालीले आश्रय लिने ठाउँ पनि हो काठमाडौँ । त्यसैले यहाँको मेयरले सपना र अवसरको खोजी गर्दै आश्रय माग्न आएका हरेकलाई आश्रय र अवसर दिन सक्नुपर्छ । त्यति मात्रै होइन कुनै युवा यहाँ केही वर्ष बसेर यहाँबाट सीप सिकेर गाउँ फर्की गाउँमै वैभवको जीवन जिउन चाहन्छ भने त्यो अवसर सिर्जना गर्ने र बाटो देखाइ दिने क्षमता पनि यहाँको मेयरले राख्नुपर्छ ।

काठमाडौँ संस्कृति र सम्पदाको सहर हो । यहाँ लाखौँ पर्यटकलाई आकर्षित गरेर अर्बौँ आम्दानी गर्न सकिन्छ । अवसरको खोजीमा विदेशमा रहेका लाखौँ युवा जनशक्तिलाई हामीले नेपाल ल्याएर योजना बनाई निर्माण–नवनिर्माणमा खटाउन सक्छौँ । यो योजना भएको पार्टी नेकपा एमाले मात्रै हो ।

तर, अहिले हाम्रो पनि दुर्भाग्य भन्नुपर्छ– यस्तो सहरमा शौचालयको उपयुक्त व्यवस्थापनको अभाव छ । हेर्दा सामान्य जस्तो लाग्छ । तर, मानिसहरू दिउँसो दिशा–पिसाब आउँछ र शौच गर्ने सार्वजनिक शौचालय भेटिन्न भनेर पानी र खानेकुरा नखाई हिँड्नु पर्ने अवस्था छ । शौचालयको अभावमा फूलबारीमा लुकेर पिसाब गर्नुपर्ने बाध्यता छ । यी कुराको अन्त्य पहिलो प्राथमिकतामा पर्नुपर्छ । स्वास्थ्य र रोजगारीलगायतका क्षेत्रमा दिनमा एउटा गर्ने यस्ता १ हजार योजना मसँग छन् ।

जस्तै, बूढाबूढीलाई दाँत लगाई दिने अभियान मात्रै महानगरपालिकाले चलायो भने दाँत नभएर खानेकुरा राम्रो चपाउन नसक्ने बूढाबूढीको मुहारमा चमक आउँछ । उनीहरूले महानगरको प्रशंसा सुरु गर्न थाल्छन् । यस्ता योजना मसँग छन् । युवाहरूलाई सय वर्षपछि कस्तो काठमाडौँ बनाउने, कस्तो नेपाल बनाउने भन्ने कुतकुती जगाउने नेतृत्व अहिलेको आवश्यकता हो । यी र यस्ता योजना धेर–थोर मसँग छ । यी पनि पार्टीको सम्पत्ति हुन् । मैले टिकट पाउँदा होस् या मेरो पार्टीबाट अरूले टिकट पाएर जित्दा पनि गर्ने भनेको काम यही हो ।

काठमाडौँका वामपन्थीको भोट काँग्रेसमा जाने सम्भावना कम हुन्छ । त्यो एमालेका लागि अवसर बन्न सक्छ । गठबन्धन हुँदा हामीले हाम्रो पालामा गरेका कामको चर्चा गर्ने हो । हाम्रो गन्तव्य र गतिमा हामी प्रस्ट छौँ । हामी हाम्रो योजनामा प्रस्ट छौँ । विकास र समृद्धिको सन्दर्भमा तुलना गरेर हेर्ने हो भने नेकपा एमाले धावन मार्गबाट जमिन छाडेर उड्न लागेको जहाज जस्तो हो ।

तपाईँहरू प्रतिपक्षमा हुनुहुन्छ । पाँच दलीय गठबन्धनसँग निर्वाचन लड्नुपर्ने अवस्था हुनसक्छ । यस्तो बेलाको निर्वाचन त चुनौतीपूर्ण होला नि ?

नेकपा कुनै बेला खण्ड–खण्ड भयो गलत भयो होला । त्यो फरक पाटो भयो । अहिले हामीबाट छुटेर गएको सानो खण्ड समाजवादी बनेको छ । त्यो हाम्रै पार्टीको एउटा अंग हो । काठमाडौँको सन्दर्भमा भन्ने हो भने माओवादी र उसको प्रवृत्तिलाई पनि मैले र मेरो पार्टीले राम्रोसँग चिनेको छु । त्यसैले उनीहरू अलग–अलग भएर उठे भने जति चुनौती हुन्छ गठबन्धन बनाएर उठ्दा कम चुनौती हुन्छ भन्ने मैले ठानेको छु ।

एक्ला–एक्लै उठ्दा उनीहरू सम्मानजनक मत ल्याउन खट्छन् तर गठबन्धन हुँदा त्यो चुनौती उनीहरूलाई हुँदैन । फेरि काठमाडौँको सन्दर्भमा गठबन्धन हुँदा काँग्रेससँग गर्ने हो । त्यो अवस्थामा काठमाडौँका वामपन्थीको भोट काँग्रेसमा जाने सम्भावना कम हुन्छ । त्यो एमालेका लागि अवसर बन्न सक्छ । गठबन्धन हुँदा हामीले हाम्रो पालामा गरेका कामको चर्चा गर्ने हो । हाम्रो गन्तव्य र गतिमा हामी प्रस्ट छौँ । हामी हाम्रो योजनामा प्रस्ट छौँ । विकास र समृद्धिको सन्दर्भमा तुलना गरेर हेर्ने हो भने नेकपा एमाले धावन मार्गबाट जमिन छाडेर उड्न लागेको जहाज जस्तो हो । हामीसँग विकास र समृद्धिको विहङ्गम दृष्टि छ । हामीले विकास र समृद्धिको दिशा तय गरेका छौँ । हामीले गरेका विकास र समृद्धिका योजनालाई जनताको बिचमा लैजाने प्रशस्त आधार छन्, उदाहरण छन् । त्यसैले हामीले गरेको कामको चर्चाले पनि हामीलाई मत बढाउन थप सहयोग पुग्ने निश्चित छ ।

काठमाडौँकै सन्दर्भमा कुरा गर्ने हो भने पनि यो पाँच वर्षमा केही नभएको त छैन नि, धेरै काम भएका छन् । हामी त्यसको पनि चर्चा गरेर अघि बढ्छौँ । हामीलाई अरू पार्टीले के गरे भन्नेसँग सरोकार भएन हामीले के गर्याै ? अब के गर्ने योजना छ ? यो युगको नेतृत्व एमालेले कसरी गर्न सक्छ ? यी सन्दर्भले हामीले हरेक नेपालीको मुहारमा उत्साह भर्ने हो । हामी त्यही गर्छौ । हामीलाई जनताले विश्वास गर्ने आधार पनि हो, त्यो ।

म अहिले जिम गरिरहेको छु ।  म अहिले १ सय १२ किलोसम्मको तौल उठाएर उठबस गर्न सक्छु । त्यो भनेको पार्टीले कुनै व्यक्तिलाई जिम्मेवारी दिएर ‘लु बोक है’ भन्यो भने उसलाई जुरुक्क बोकेर हिँड्न र तैँ बोक है’ भन्यो भने पनि बोकेर हिँड्नका लागि हो । जिम्मेवारी दिए गर्ने नभए थाकेर बस्ने, निराश भएर बस्ने, स्वास्थ्य कमजोर बनाएर बन्ने भन्ने छुट मलाई छैन ।

तपाईँको विषयमा मेयर पदको उम्मेदवारको चर्चा चल्दै गर्दा पार्टीमा अरू उम्मेदवार पनि त छन् । सबैको मनोभावनालाई कदर गरेर पार्टीले टिकट दिने होला नि ?

अहिले मैले जति पनि योजनाका बारेमा कुरा गरेँ । मैले र मेरो पार्टीले देखेको सपनाका बारेमा चर्चा गरेँ । मेरो चिन्तनका बारेमा चर्चा गरेँ । ती सबैलाई तपाईँहरूले पार्टीको पुँजी वृद्धिका लागि बनाएको योजना र सपना हुन् भनेर बुझ्नुपर्छ । यसलाई केशव स्थापितले मेयर पदका लागि गरेको दाबी प्रस्तुत मात्रै हो भनेर बुझ्नु हुँदैन ।

यो हाम्रो पार्टी नेतृत्वको सपनालाई गरेको भरथेग पनि हो । हामीले योजना बनाउने हो । म जीवन्त मान्छे हुँ, मसँग चेतना छ । तर, म पार्टीले निर्माण गरेको व्यक्ति हुँ । त्यसैले मेरा योजना पार्टीको अंग बन्नु पर्‍यो । म कुनै छुट्टै टापु होइन । पार्टीको म अभिन्न अंग हो । म मुटुको धड्कन मध्ये एक धड्कन हो । हजार पटक मुटु धड्किदा त्यो धड्कनको एक धड्कन म पनि हो । यो ज्ञान हामीमा भयो भने मात्रै समृद्ध पार्टी बन्न सक्छ ।

त्यसैले मेरो कारणले मात्रै पार्टी निर्माण भयो भन्ने दम्भ पाल्ने वा गनगन गरेर मेयर पदको टिकट लिने कुरा होइन । सामूहिक भावनाकासाथ अघि बढ्नुपर्छ । एमालेले दिव्य योजना लिएर अघि बढ्नुपर्छ । नविनतम् योजना लिएर अघि बढ्नुपर्छ । काठमाडौँ र समग्र उपत्यकाको विकास गर्ने हो भने सुन्दा अनौठो–अनौठो जस्तो लाग्ने, गर्न सकिन्छ त भन्ने खालका योजनासहित अघि बढ्नुपर्छ । त्यसको विकल्प पनि छैन । त्यो भनेको एमालेले जितेपछि मात्रै सम्भव छ ।

सुन्दा सन्दर्भ अनौठो लाग्न सक्छ । म अहिले जिम गरिरहेको छु । म अहिले १ सय १२ किलोसम्मको तौल उठाएर उठबस गर्न सक्छु । त्यो भनेको पार्टीले कुनै व्यक्तिलाई जिम्मेवारी दिएर ‘लु बोक है’ भन्यो भने उसलाई जुरुक्क बोकेर हिँड्न र ‘तैँ बोक है’ भन्यो भने पनि बोकेर हिँड्नका लागि हो । जिम्मेवारी दिए गर्ने नभए थाकेर बस्ने, निराश भएर बस्ने, स्वास्थ्य कमजोर बनाएर बन्ने भन्ने छुट मलाई छैन । यो हाम्रो कम्युनिस्ट पार्टीको प्रवृत्ति हुन सक्दैन ।

अहिले म इन्जिनियर, म सुरक्षाका क्षेत्रमा यस्तो व्यक्तित्व बनाएको व्यक्ति, म कलाकार, म सुपरस्टार म खेलाडी मेयरको उम्मेदवार भनेर आइरहनु भएको छ । त्यो एक पाटोबाट हेर्दा मसँग क्षमता छ, म केही गर्छु भनेर आउने कुरा ठिक छ । तर, एउटा निर्वाचन हारेपछि आफ्नो क्षेत्रबाट बनेको व्यक्तित्व समेत खस्किएर उठ्न नसक्ने गरी पलायन हुने अवस्था आउन सक्छ ।

विगतमा गुट हाबी हुँदा मूल्याङ्कनको प्रवृत्ति पनि खस्किएको थियो । अहिले त्यस्तो छैन । यो पटक हामीले हारियो भने पाँच वर्ष पार्टीले निराशा बोक्नु बाहेक केही हुँदैन । त्यसैले जितको सुनिश्चिततासहित पार्टीले मूल्याङ्कन गरेर जिम्मेवारी दियो भने शानसँग बोक्ने हो । हाम्रो पार्टीमा यो वा उ भन्ने छैन । हाम्रोभित्र पनि योग्यतम मान्छे छानेर पार्टीले टिकट दिन्छ । पार्टीले जसलाई टिकट दिन्छ, उसलाई सबै मिलेर जिताउने हो ।

अहिले स्वतन्त्र उम्मेदवारहरूको पनि चर्चा छ । उनीहरू तपाईँहरूका लागि कत्तिको चुनौती ठान्नु भएको छ ?

त्यो उहाँहरूको संगठित पार्टी होइन । अहिले स्वतन्त्र उम्मेदवारहरू पनि मोर्चा बनाएर उठ्ने भन्ने चर्चा सुनेको छु । आफैँ त संगठित नभएको अवस्थामा त्यो उहाँहरूको मोर्चाको कुनै अर्थ रहन्न । त्यो आफूलाई झन् कमजोर ठान्ने मानसिकताको उपज बाहेक केही होइन । आफैँ अस्तित्वमा नरहेकाहरूले नयाँ विकल्प दिन्छु भन्नु नै विरोधाभास छ । त्यसैले स्वतन्त्रहरूको विषयलाई लिएर जनतामा भ्रम पैदा नहोस् भन्ने छ । अहिले हाम्रो प्रतिस्पर्धा हुने भनेको नेपाली काँग्रेससँग मात्रै हो । दलीय गठबन्धन भए पनि हाम्रो प्रतिस्पर्धा हुने भनेको नेपाली काँग्रेससँग नै हो ।

अहिले म इन्जिनियर, म सुरक्षाका क्षेत्रमा यस्तो व्यक्तित्व बनाएको व्यक्ति, म कलाकार, म सुपरस्टार म खेलाडी मेयरको उम्मेदवार भनेर आइरहनु भएको छ । त्यो एक पाटोबाट हेर्दा मसँग क्षमता छ, म केही गर्छु भनेर आउने कुरा ठिक छ । तर, एउटा निर्वाचन हारेपछि आफ्नो क्षेत्रबाट बनेको व्यक्तित्व समेत खस्किएर उठ्न नसक्ने गरी पलायन हुने अवस्था आउन सक्छ । विगतका त्यस्ता प्रशस्त उदाहरण मसँग छन् । म उहाँहरूलाई त्यो सुझाव दिन चाहन्छु ।

मेरो पहिलो निर्णय नै त्रिचन्द्र कलेजको घण्टाघरको भागलाई पुरानो डिजाइन अनुसार निर्माण–पुनर्निर्माण गर्न त्रिचन्द्र कलेजसँग आबद्ध विज्ञहरू सम्मिलित समिति बनाउने हुन्छ । त्यो पुस्तालाई समेटेपछि मात्रै काठमाडौँ बनाउने जग सुरु हुन्छ । त्यसपछि त्रिचन्द्रको घण्टाघरले प्रत्येक सेकेण्ड मुलुक कस्तो बन्छ ? काठमाडौँ कस्तो बन्छ भनेर संकेत गर्छ ।

म तपाईँहरूलाई सुझाव दिन चाहन्छु, आग्रह गर्न चाहन्छु– निर्वाचन आउनु केही दिनअघिसम्म तपाईँहरू म मेयरको उम्मेदवार हुँ भनेर हुँकार गर्नुहोस् तर, अन्तिममा हाम्रै बगैँचामा आउनुहोस् र फूल फुल्नुहोस् । हाम्रो बगैँचामा, हाम्रो फूलबारीमा तपाईँहरूलाई स्वागत छ । तपाईँहरू आफ्नो व्यक्तित्व स्खलन हुने काममा नलाग्नुहोस् । एउटा निर्वाचन हारेपछि ऐनामा आफ्नै अनुहार हेरेर निराश हुने अवस्था आफैँले सिर्जना नगर्नुहोस् । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले जितेपछि तपाईँहरूको संरक्षण नेकपा एमालेले गर्नेछ । तपाईँहरूको क्षमता हेरेर तत्तत् क्षेत्रको जिम्मेवारी एमालेले दिनेछ । तपाईँहरूको क्षमता हेरेर, क्षमताको सम्मान गर्दै तपाईँहरूको प्लेटफर्म एमालेले तयार गर्नेछ । आउनुहोस्, अहिले तपाईँहरूले हामीलाई सहयोग गर्नुहोस् । हामी एकजुट भएर अघि बढौँ र महानगरपालिकाको समग्र विकास गरौँ ।

काठमाडौँ भनेको संस्कृति र सम्पदाको भण्डार हो । तपाईँ वा तपाईँको पार्टीबाट मेयर उम्मेदवार बन्दै गर्दा यहाँको सम्पदा संरक्षणमा तपाईँ र तपाईँको पार्टीको योजना के–छ ?

म स्थापितको सन्तान हुँ र पार्टीको सम्पत्ति हुँ । स्थापित भनेको लिच्छवीकलादेखि कला (आर्किटेक)को काम गर्दै आएको जाती हो । हाम्रो पुर्ख्यौली थातथलो रञ्जना सिनेमा हलको छेउको मिखाँ दोँ मा हो । मल्लकालमा भक्तपुरबाट मल्लहरू काठमाडौँ आएपछि स्थापितहरूकै अगुवाइमा तलेजु भवानीको मन्दिर बनाएको हो । त्यसैले यहाँको कला, संस्कृति र सम्पदाबारे ज्ञान स्थापितलाई छ ।

म स्थापितको सन्तान हुँ । नेकपा एमालेमा यहाँको सम्पदाबारे ज्ञान भएका हजारौँ छौँ । यहाँको सम्पदाको संरक्षण र प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने गहिरो ज्ञान भएको पार्टी नेकपा एमाले नै हो । त्यसैले यहाँको सम्पदाबारे पढेको छु, बुझेको छु भन्नेहरूलाई म आग्रह गर्न चाहन्छु– तपाईँहरूले पार्टीको सदस्यता लिनु परेन । हाम्रो पार्टीले मेयर जितेपछि मेयरसँग बसौँ, तपाईँहरू पार्टीमा आउनुहोस्, एउटा फोरम बनाऔँ । यहाँका सम्पदाको बारेमा गहन छलफल गरौँ र संरक्षण– संवर्धनमा एकजुट भएर लागौँ । विश्वमा नेपालको संस्कृति र सम्पदा चिनाउने प्रयासमा एकजुट भएर लागौँ । तर, अर्काइभबाट टुँडिखेलका दुई ओटा पुराना तस्बिर खोजेर त्यही तस्बिर देखाउँदै यहाँको सम्पदाको व्याख्या–विश्लेषण गर्ने क्षमता भएको म मात्रै हुँ भन्दै भ्रम छर्ने काम नगरौँ ।

तपाईँले मेयरको टिकट पाएर जित्नुभयो भने सबै भन्दा पहिला गर्ने पहिलो काम के–हो ?

म मेयरको उम्मेदवार भएँ र मेयर निर्वाचित भएँ भने पहिलो बैठकबाट केही महत्त्वपूर्ण निर्णय गर्नेछु । त्यसमा पनि पहिलो निर्णय भनेको हाम्रो शिक्षाको उज्यालो ज्योति छर्ने त्रिचन्द्र कलेज अहिले भग्नावशेष बनेको छ । त्यो बारेमा राज्य बोल्दैन, कोही बोल्दैन । त्रिचन्द्र कलेज भनेको शिक्षाको, चेतनाको, विचारको, दर्शनको केन्द्र हो ।

त्यहाँबाट उत्पादन भएका हजारौँ–हजार व्यक्ति अहिले देश–विदेशमा महत्त्वपूर्ण पद र प्रतिष्ठामा हुनुहुन्छ । तर, त्यो भग्नावशेष बनेको त्रिचन्द्र राज्य हेरेर बसेको छ, बोल्दैन । त्यसैले मेरो पहिलो निर्णय नै त्रिचन्द्र कलेजको घण्टाघरको भागलाई पुरानो डिजाइन अनुसार निर्माण–पुनर्निर्माण गर्न त्रिचन्द्र कलेजसँग आबद्ध विज्ञहरू सम्मिलित समिति बनाउने हुन्छ । त्यो पुस्तालाई समेटेपछि मात्रै काठमाडौँ बनाउने जग सुरु हुन्छ । त्यसपछि त्रिचन्द्रको घण्टाघरले प्रत्येक सेकेन्ड मुलुक कस्तो बन्छ ? काठमाडौँ कस्तो बन्छ भनेर संकेत गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर