पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहेवाज सारीफ पक्का, बेलुका८ वजे सपथ हुने – Nepal Press

पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहेवाज सारीफ पक्का, बेलुका८ वजे सपथ हुने

काठमाडौं । पाकिस्तानका मुस्लिम लिगका  नेता शेहेवाज सारीफ पाकिस्तानको २३ औँ प्रधानमन्त्रीको रुपमा चयन हुने निश्चित भएको छ । इमरान खान नेतृत्वको पाकिस्तान तेहेरिखे इन्साफले राष्ट्रिय सभामा हुन लागेको चुनावी सत्र बहिष्कार गर्ने घोषणा गरेसँगै शेहेवाज प्रधानमन्त्री हुने निश्चित भएको हो ।

प्रधानमन्त्री पदका लागि पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का शेहबाज शरिफ र पीटीआईका शाह महमूद कुरैशीले मात्र मनोनयन दर्ता गराएका थिए । शेहेवाजले बेलुका ८ बजे मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्ने स्थाननीय संचार माध्यमहरुले जनाएका छ्न् ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले उनलाई सपथ ग्रहण गराउने बताइएको छ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रुपमा चयन हुने निश्चित भएका सारीफले नै इमरान खान विरुद्धको अविश्वासको प्रस्तावको नेतृत्व गरेका थिए ।

पाकिस्तान बाहिर त्यति परिचित नभए पनि सारीफलाई पाकिस्तानमा प्रभावकारी प्रशासकको रूपमा लिने गरिन्छ । सारीफको पाकिस्तान सैन्य संयन्त्रसँग पनि सुमधुर सम्बन्ध रहेको जानाकारहरू बताउँछन् । यहाँ सत्ताको बागडोर सम्हालन सैन्य संयन्त्रसँग सुमधुर सम्बन्ध अपरिहार्य मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर