विदुरको मेयरमा माओवादीबाट प्रभा बोगटी सर्वसम्मत – Nepal Press

विदुरको मेयरमा माओवादीबाट प्रभा बोगटी सर्वसम्मत

नुवाकोट । नेकपा (माओवादी केन्द्र)ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ ।

नगरपालिका कमिटीको बैठकले बोगटीलाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्ष समेत रहेकी बोगटी माओवादी आन्दोलनका शीर्षस्थ नेता पोस्टबहादुर बोगटीको कान्छी छोरी हुन् ।

केही समय सक्रिय पत्रकारितामा जमेकी प्रभा पछिल्लो समय पार्टी संगठनमा केन्द्रित भएकी छन् । विदुरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर