बाफिकोट कांग्रेसमा टुंगिए अध्यक्ष र उपाध्यक्षका उम्मेदवार – Nepal Press

बाफिकोट कांग्रेसमा टुंगिए अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

सुर्खेत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली कांग्रेस बाँफिकोट रुकुम पश्चिमले पार्टीको तर्फबाट अध्यक्षका लागि जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै बाफिकोट काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको हो ।

सोमबार नेपाली कांग्रेस बाँफिकोट गाउँ कार्यसमितिको छिन्खेतमा सम्पन्न बैठकले अध्यक्षमा जनक कुमार बाँठामगर सहित उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर २ का सभापति प्रकाश खत्रीले जानकारी दिए ।

दुवै जनाको नाम आजै जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ ।

वडा अध्यक्ष र सदस्यको भने केही दिनमा सर्वसम्मत निर्णय गरेर सिफारिस गरिने बताइएको छ ।

अध्यक्षमा सिफारिस भएका बाँठामगर हाल नेपाली कांग्रेस बाँफिकोट गाउँपालिकाको सभापति हुन भने केसी नेपाल महिला संघ बाँफिकोटको सभापति हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर