भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते – Nepal Press

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

काठमाडौं । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेकाे मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।

मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मङ्गलवार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।  बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *