नारायण दाहालको गुनासो- प्रचण्डको भाइ भएका कारण मैले योगदान अनुसारको अवसर पाइन (भिडिओ) – Nepal Press

नारायण दाहालको गुनासो- प्रचण्डको भाइ भएका कारण मैले योगदान अनुसारको अवसर पाइन (भिडिओ)

'प्रचण्ड र म एकैदिनका होलटाइमर हौं, रेनुलाई भरतपुरका जनताले खोजेका छन्’

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनीत भएका माओवादी नेता नारायणप्रसाद दाहालले अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यताअनुसारको अवसर धेरैपटक गुमाउनुपरेको गुनासो गरेका छन् ।

राष्ट्रियसभा सदस्यको सपथग्रहणपछि नेपाल प्रेससँग कुरा गर्दै सांसद दाहालले माओवादी आन्दोलनमा प्रचण्ड र आफू एकैदिन होलटाइमर भएर हिँडेको र सिंगो परिवार जनयुद्धमा सामेल भएको बताए ।

दाहालले भने, ‘अध्यक्ष कमरेड र म एकैदिन होलटाइमर भएको बरु यस्तै कुराले गर्दा अध्यक्षको कारण मैले धेरै अवसर गुमाउनु परेको छ । हिजो जनयुद्धमा अध्यक्षको परिवार र मेरो छोरा बुहारी श्रीमती सबै जनयुद्धमा लागेका हौं ।’

भरतपुरको मेयर प्रचण्डको छोरीलाई र सांसद भाइलाई दिएको भनेर आलोचना भइरहेको प्रश्नमा दाहालले भतरपुरमा गएर विकास हेर्न सुझाव दिए । उनले अब रेनु दाहाललाई माओवादीले होइन भरतपुरका जनताले खोजी गरेको बताए ।


प्रतिक्रिया

One thought on “नारायण दाहालको गुनासो- प्रचण्डको भाइ भएका कारण मैले योगदान अनुसारको अवसर पाइन (भिडिओ)

  1. ये त्यसो भये १७,००० को हत्या र ९५ वटा बैङ्क् लुटेको मा पनि समान सहभागिता रेछ होइन त? अनि क्यान्टनमेन्ट को २७ अरब बाट कति भागमा आयेको थियो नि? कि सबै प्रचन्ड ले एक्लै खाइदियो? चित्त दुखाइ त्यहि हो जस्तो छ्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर