जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादीमा प्रवेश – Nepal Press

जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादीमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपाको केन्द्रीय सदस्य पनि थिए ।

पार्टीबाट राजीनामा दिएको लगत्तै चौधरी पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । चौधरी २०६४ सालमा कैलालीबाट माओवादीबाटै संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनी यसबीचमा पार्टी विभाजनपछि जसपामा जोडिएका थिए । उनले अब कैलालीमा २०६४ सालकै अवस्थामा माओवादीलाई फर्काउने बताए । 


प्रतिक्रिया

One thought on “जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादीमा प्रवेश

  1. सुपमा लोकप्रिय रहेका मान्छे हुन चौधरी
    ७४ सालमा भएको संघीय निर्वाचनमा जमा ७ सय मतान्तरबाट निर्वाचन हारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर