तस्बिरमा हेर्नुस् बालुवाटारमा कसिलो बन्दै पाँच दलीय चुनावी गठबन्धन – Nepal Press

तस्बिरमा हेर्नुस् बालुवाटारमा कसिलो बन्दै पाँच दलीय चुनावी गठबन्धन

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूको बैठक बालुवाटारमा जारी छ ।

तालमेलको मोडालिटी र उम्मेदवारको मापदण्डबारे निर्णय लिन गठबन्धनका शीर्ष नेताहरू र निर्वाचन तयारी तथा अनुगमन समितिका नेताहरूको बैठक बालुवाटारमा बसेको हो ।

बैठकले शक्ति बाँडफाँटको मापदण्ड, महानगरहरुको नेतृत्व भागबण्डालगायतका विषयमा निर्णय लिने सम्भावना छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अशोक राई र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल उपस्थित छन् ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर