हंसपुरकी उपमेयर लोसपा त्यागेर जसपामा प्रवेश – Nepal Press

हंसपुरकी उपमेयर लोसपा त्यागेर जसपामा प्रवेश

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेकी छन् ।

उपमेयर झालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । झा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उपमेयरमा निर्वाचित भएकी छन् । अहिले लोसपामा उनी सक्रिय थिइन् ।

हंसपुरमा मेयरमा रामज्ञान मण्डल समेत तत्कालीन राजपाबाटै निर्वाचित भएका छन् । उपमेयर र मेयर एउटै पार्टीमा रहे पनि उनीहरूबिच वर्षौंसम्म बोलचाल बन्द थियो ।

नगरपालिकाको केन्द्र विषयमा उनीहरूबिच चलेको विवादमा झडप हुँदा एक जनाको मृत्यु समेत भएको थियो । सो घटनामा मेयर मण्डल र उपमेयर झा एक अर्कामाथि मुद्दा झेलेका हुन् । विकास निर्माणको सवालमा समेत उनीहरूबिच विवाद चल्दै आएको थियो ।

जसपा अध्यक्ष यादवले आजै तत्कालीन राजपाबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका ६ का वडाध्यक्ष जगरनाथ साहसहितलाई पार्टीमा प्रवेश गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर