पुटिन तानाशाह भएको बाइडेनको आरोप, जेलेन्स्कीको समर्थन
नेपाल प्रेस
२०७८ चैत ३० गते ६:५१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै तानाशाह भनेका छन् । राष्ट्रपति बाइडेनले पहिलोपटक पुटिनलाई तानाशाह भनेका हुन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाइ सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’ दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए ।
यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर