हुम्ला विमानस्थलमै थन्कियो ५२९ क्विन्टल खाद्यान्न – Nepal Press

हुम्ला विमानस्थलमै थन्कियो ५२९ क्विन्टल खाद्यान्न

हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमिकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठुलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्पर मार्फत  चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्याइएको खाद्यान्न हेलिकप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो ।

यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमिकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जनाएको छ ।

सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमिकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *