उपचार गर्न ल्याइएका बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाटै फरार – Nepal Press

उपचार गर्न ल्याइएका बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाटै फरार

काठमाडौं । उपचारका लागि वीर अस्पताल ल्याइएका बलात्कार मुद्दाका एक थुनुवा अस्पतालबाटै भागेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बुधबार बिहान अस्पतालबाटै भाग‍ेका हुन् । मंगलबार उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो ।

गत माघ १७ मा पक्राउ परेका तिरुवालाई सिन्धुपाल्चोक जिल्ला अदालतले फागुनमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

एक महिलालाई ललाइफकाइ बलात्कार गरेको आरोप लागेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिइएको थियो । माघ १६ गते तिरुवाले बलात्कार गरेको भन्दै एक महिलाले जाहेरी दिएकी थिइन् ।

फरार रहेका थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर