फिलिपिन्समा भिषण बाढीपहिरो : ५३ जनाको मृत्यु १ लाख बढी प्रभावित
काठमाडौं । फिलिपिन्समा गत आइतबारदेखि सुरु भएको भिषण बाढीपहिरोको कारण हालसम्म ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ भने १ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
फिलिपिन्सको सेन्ट्रल प्रान्त वरिपरीका ठाउँहरु बाढीपहिरोले प्रभावित बनेका छन् भने बाढीसँगै बगेर आएको लेदो माटोको कारण बुधबारसम्म पनि उद्धार कार्य प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ ।
बाढीले सेन्ट्रल प्रान्त नजिक अवस्थित एक गाउँका ८० प्रतिशत घरहरु बगाएको छ । फिलिपिन्स राष्ट्रिय प्रकोप एजेन्सीका अनुसार बाढीको कारण दक्षिण र पुर्वी फिलिपिन्समा १ लाखभन्दा बढी मानिस प्रभावित बनेका छन् ।
यस्तै मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुन सक्ने अनुमान गरिएको छ । फिलिपिन्सले २० वर्ष यताकै विनाशकारी बाढीपहिरो आएको बताएको छ ।
फिलिपिन्समा गत डिसेम्बरमा आएको समुद्री आधीका कारण ३७५ जनाको मृत्यु भएको थियो भने ५ लाख मानिस प्रभावित भएका थिए ।