कंगोमा मारिएका सैनिक गुरुङलाई अन्तिम सम्मान – Nepal Press

कंगोमा मारिएका सैनिक गुरुङलाई अन्तिम सम्मान

काठमाडौं । अफ्रिकी राष्ट्र कंगोमा चैत २२ गते विद्रोहीको आक्रमणबाट मारिएका सैनिक प्युठ अनिल गुरुङप्रति नेपाली सेनाले अन्तिम सम्मान अर्पण गरेको छ ।

सुर्खेत घर भएका गुरुङको शव मंगलबार काठमाडौं ल्याइएको थियो ।

छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरूप उनको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रक्षा सचिव किरणराज शर्मा पनि गुरुङको अन्तिम बिदाईका लागि पुगेका थिए ।

त्यस्तै संयुक्त राष्ट्रसंघको तर्फबाट नेपालका लागि राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले गुरुङको पार्थिव शरीरमा राष्ट्रसंघको झण्डा ओढाएर सम्मान प्रकट गरे ।

नेपाली सेनाको टुकडीले गुरुङको अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

गुरुङको शव आजै नेपाली सेनाको हेलिकप्टरबाट गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर