एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने – Nepal Press

एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने सहमति भएको छ ।

दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने छन् ।

त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमति अनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ ।


प्रतिक्रिया

2 thoughts on “एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

    1. नेकपा एमालेको जितको सुनिश्चितता हो र राष्ट्रिययताको पहिचान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर