वीरगञ्ज मेयर उम्मेदवारमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस – Nepal Press

वीरगञ्ज मेयर उम्मेदवारमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले सरावगीलाई अघि सार्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । उपाध्यक्ष महेश दासले समर्थन गरेको पार्टीले जनाएको छ

२०७४ को चुनावमा जसपाबाट निर्वाचित मेयर सरावगी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर