कमल थापालाई सूर्य चिन्ह दिएकोमा भीम रावलको आपत्ति – Nepal Press

कमल थापालाई सूर्य चिन्ह दिएकोमा भीम रावलको आपत्ति

काठमाडौं । राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति भीम रावलले आपत्ति जनाएका छन् । एमालेका पूर्वउपाध्यक्ष तथा केपी ओलीसँग अध्यक्षमा पराजित भएका नेता रावलले ठूलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिन्ह दिन नमिल्ने जिकिर गरेका छन् ।

रावलले विहीबार सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

बुधबारमात्र एमाले र राप्रपा नेपालबीचको सहमतिमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको थियो ।


प्रतिक्रिया

One thought on “कमल थापालाई सूर्य चिन्ह दिएकोमा भीम रावलको आपत्ति

  1. वहांसंग सुर्य चिन्हमा जनताले दिएको भोट कांग्रेसलाई बिचेको अनुभव छ । बरु कतिमा बेचेको थियो त्यो खुलस्त पारिदिए अरुलाई पनि मोलतोल गर्न सजिलो हुन्थ्यो होला। यस्ता आत्मघातीले पनि एमालेको टिपपणी गर्नु !!! खुरुक्क कांग्रेसको चुनाव प्रचार प्रसारमा खटिनु नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर