प्रकाश सपूतदेखि अनमोल केसीसम्म राष्ट्रपतिबाट विभूषित (तस्बिरहरू) – Nepal Press

प्रकाश सपूतदेखि अनमोल केसीसम्म राष्ट्रपतिबाट विभूषित (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट सुशोभन भएकामा कलाकारिता क्षेत्रका पनि छन् ।

सरकारको सिफारिसका आधारमा शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपतिबाट कृतिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री तथा जनसेवा श्री पदकले विभूषित गरिएको छ ।

संगीतकार शम्भुजित बास्कोटालाई कृतिमय राष्ट्रदीप पदक, गीतकार कालिप्रसाद रिजाल, भजन शिरोमणि तथा संगीतकार भक्तराज आचार्य, र कलाकार गौरी मल्ललाई सु- प्रवल जनसेवाश्री पदकबाट सम्मान गरिएको छ ।

कलाकारहरू रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, चन्द्रप्रसाद शर्मा, कुलेन्द्र वि.क, देविका प्रधान, विष्णु माझी, नवल खड्का, प्रकाश घिमिरे र कस्तुप पन्तलाई प्रवल जनसेवा श्रीले विभूषित गरिएको छ ।

हेमन्त शर्मा, प्रकाश सपूत, केकी अधिकारी, अनमोल केसी, कमल गाउँले, मिलन चाम्लिङ राई, महेश प्रसाद हाडा, नविनकुमार पौडेल, सुजल बम, तेरिया फौजा मगर, शिवशंकर रिजाल ‘जोगेन्द्र’ राजकुमार राई, रन्जु झा र राधिका हमाल जनसेवाश्री पदकबाट सुशोभित भएका छन् ।


प्रतिक्रिया

One thought on “प्रकाश सपूतदेखि अनमोल केसीसम्म राष्ट्रपतिबाट विभूषित (तस्बिरहरू)

  1. बधाई छ मान सेवा पदवी पदक, बिभूषणबाट बिभूषित सम्पूर्ण कलाकारहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर