लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणकाे निर्देशकमा छवि पोखरेल – Nepal Press

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणकाे निर्देशकमा छवि पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई जिम्मेवारी दिएका छन् ।

यसअघि केसीले भदौ महिनामा नियुक्त गरेका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले लुम्बिनी प्रादेशिक अस्पतालको ७ अर्बको ठेक्का प्रकरणमा डेढ अर्ब घोटला गर्नेगरी टेण्डर स्वीकृत गर्न दबाब दिएको भन्दै राजीनामा दिएका थिए ।

चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गरिएका प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक छवि पोखरेललाई शुक्रबार सपथ ग्रहण गराइएको छ । प्यूठान जिल्लाको ओखरकोट निवासी पोखरेल लामो समयमा सरकारी सेवामा रहेका थिए ।

सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री केसीले प्रदेश सरकारको पहिलो सपनाका रुपमा रहेको प्रदेश राजधानी निर्माणको योजनालाई पूर्णता दिनका लागि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेललाई निर्देशन दिएका थिए ।

‘प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले त्यसलाई आगामी दिनमा पूर्णता दिन जरुरी छ, राजधानीको गुरुयोजना निर्माण भइसकेकोले त्यसलाई पूर्णता दिन अब ढिलाई हुनेछैन’ केसीले भने ।

उनले लुम्बिनी प्रदेशका राजधानी निर्माणका लगायत लुम्बिनी प्रदेशको निर्माणको क्षेत्रमा अब्बल सावित हुन आफ्नो क्षमता देखाउन आग्रह गरेका थिए । सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताए । आफू पनि यही प्रदेशको भएकोले अर्काे परिवर्तित सन्दर्भलाई सम्बोधन गर्नका लागि आफू तयार भएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर