सबै जातिको पहिचान सहितको अधिकार माओवादीले स्थापित गरेको हो : प्रचण्ड (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्न खोज्ने शक्तिका विरुद्ध जनता एकजुट हुन थालेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले गत वर्ष संविधान मास्ने र परिवर्तन उल्ट्याउने प्रयास भएको बताए । ‘गत साल जति बेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भयो, प्रतिगामी षडयन्त्र भयो, प्रतिक्रान्ति निम्त्याउने षडयन्त्र भयो,’ उनले भने, ‘त्यसका विरुद्ध हामीले संघर्ष गर्यौ र सफल भयौँ ।’
माओवादीले नै सबै जातजातिको पहिचान सहितको अधिकार स्थापित गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यो अधिकार हरण गर्ने प्रयास भइरहेको पनि बताए ।
‘मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलित, थारु महिला सबै समुदायको पहिचान र अधिकारको लडाई माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो,’ उनले भने ।
त्यो परिवर्तनलाई उल्ट्याउन खोज्नेका विरुद्ध देश एकत्रित हुने लागेको पनि अध्यक्ष दाहालले बताए ।
उनले भने,‘यसलाई उल्ट्याउन खोज्ने तत्त्वका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट प्रक्रियामा मैले महसुस गरेको छु ।’
दलालहरू जति कराय पनि नेपाली जनताले धूलाे चटाउनेवाला छन् । विदेशीकाे दलाली गर्ने आफू अनि षडयन्त्रका हावा कुरा गरेर जनतालाई भ्रममा पार्नसक्छु कि भन्ठानेकाे हाेला । त्याे जमाना अब गयाे । तिम्रा कुरा पत्याउने कि स्वार्थीले हाे कि अबुझले मात्र हाे । सबैभन्दा ठूलाे प्रतिगमनकारी र षडयन्त्रकारी तिमी हाै ।