दक्षिण कोरियाले हटायो मास्क लगाउनु पर्ने बाहेकका सबै कोभिड प्रतिबन्ध – Nepal Press

दक्षिण कोरियाले हटायो मास्क लगाउनु पर्ने बाहेकका सबै कोभिड प्रतिबन्ध

काठमाडौं । दक्षिण कोरियाले मास्क लगाउन पर्ने बाहेकका सबै कोभिड प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

कोभिड सङ्क्रमणलाई नियन्त्रणमा राख्नका लागि दक्षिण कोरियाले विगत २ वर्ष देखी विभिन्न प्रतिबन्ध लगाएको थियो । अहिलेसम्म पनि सार्वजनिक स्थानमा १० जना भन्दा बढी जम्मा हुन नपाउने, मध्यरात देखी सम्पूर्ण रेस्टुराँहरू बन्द गर्नु पर्ने, १० मिटर अनिवार्य सामाजिक दूरी लगायतका प्रतिबन्धात्मक नियमहरूलाई यथावत् राखिएको थियो । यद्यपि आगामी सोमबार देखी भने दक्षिण कोरियामा मास्क लगाउनु पर्ने बाहेकका सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने प्रधानमन्त्री किम बु क्युमले घोषणा गरेका छन् ।

हाल सम्म दक्षिण कोरियाका ८६ प्रतिशत भन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाई सकेको र सङ्क्रमणको दर पनि अत्यन्तै न्यून रहेको बताइएको छ ।

हाल सम्म दक्षिण कोरियामा सङ्क्रमणका कारण लगभग २० हजार मानिसले ज्यान गुमाएका छन् जुन विश्वमै सबै भन्दा न्यून मध्यमा पर्ने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर