पालिका अध्यक्षदेखि वडा सदस्यसम्म- सोलुखुम्बुको चुनावी मैदानमा उत्रिए तीन पत्रकार – Nepal Press

पालिका अध्यक्षदेखि वडा सदस्यसम्म- सोलुखुम्बुको चुनावी मैदानमा उत्रिए तीन पत्रकार

सोलुखुम्बु । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस भइरहेका बेला सोलुखुम्बुमा तीन जना सक्रिय पत्रकार चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेले महाकुलुङ गाउँपालिका अध्यक्षमा किराँत पत्रकार संघका महासचिव समेत रहेका भक्त राईलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।

विराटनगरलाई कार्य थलो बनाएर लामो समय मूलधारको पत्रकारिता गरेका राई पछिल्लो समय जिल्ला फर्किएर राजनीतिक तथा सामाजिक गतिविधिमा थिए । राईलाई महाकुलुङ गाउँपालिका कमिटीले सर्वसम्मत रूपमा एकल अध्यक्ष उम्मेदवार सिफारिस गरेको हो ।

त्यस्तै पत्रकार महासंघ सोलुखुम्बु शाखाका पूर्व अध्यक्ष मनोज श्रेष्ठ सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । सोही वडाको महिला सदस्यमा बिबिसीकी संवाददाता समेत रहेकी पत्रकार सुजाता तामाङ सर्वसम्मत सिफारिस भएकी छन् ।

सोलुखुम्बुमा एकै पटक तीन जना पत्रकार चुनावी मैदानमा उत्रिएको महासंघका जिल्ला अध्यक्ष नुतन श्रेष्ठले जानकारी दिए । उनीहरू तीनै जना एमालेबाट उम्मेदवार बन्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर