११ वर्षकी बालिकामाथि हातपात गर्ने ५३ वर्षीय पुरुष विरुद्ध मुद्दा दर्ता – Nepal Press

११ वर्षकी बालिकामाथि हातपात गर्ने ५३ वर्षीय पुरुष विरुद्ध मुद्दा दर्ता

कैलाली । कैलाली धनगढी उपमहानगरपालिका ४ का स्थानीय जगत कुँवरविरुद्ध बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ ।

सोही ठाँउकी ११ बर्सिया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ५३ वर्षीय कुवरमाथि मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद जोशीले पक्राउ परेका व्यक्ति माथि आवश्यक कारबाही हुने बताए ।

‘बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका व्यक्ति माथि जाहेरी आएपछि आज मुद्दा दर्ता भएको छ ’उनले भने, ’म्याद थप गरेर कारबाही प्रक्रियामा पनि अघि बढी सकेको छ ।’ घटनाबारे थप छानबिन भइरहेको उनको भनाइ छ ।

पीडित बालिकाले दिएको जाहेरीमा बुधबार करिब १ः३० बजे घरमै आएर संवेदनशील अङ्गमा छोएर जबरजस्ती गर्न खोजेको उल्लेख गरिएको छ । कुवँरलाई बुधवार नै पक्राउ गरी वडा प्रहरी कार्यालय धनगढीले हिरासतमा राखेको थियो ।

उनी पक्राउ परेपछि उनका आफन्तहरूले पीडित परिवारहरूलाई अश्लील शब्द प्रयोग गरी गाली बेइज्जतीसहित कुटपिट गर्न गएपछि छिमेकीले जोगाएका थिए ।

नाबालिकामाथि दिनदहाडै आफ्नै घरमा बसिरहेको बेला भएको यो अपराध क्षम्य नहुने भन्दै आफूहरू कानुनी बाटोमा गएको अभिभावकको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर