नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण छ : परराष्ट्र मन्त्री (भिडिओ) – Nepal Press

नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण छ : परराष्ट्र मन्त्री (भिडिओ)

काठमाडौं । परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई सर्त बिना नै सहयोग गरिरहेको बताए ।

उनले विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको भन्दै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए ।

नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उहाँले जानकारी गराए ।

कार्यक्रममा एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *