शीर्ष नेतालाई मन्त्री आङ्बोको चेतावनी- एउटालाई हराएर अर्को जिताउने ठेक्का माओवादीको होइन – Nepal Press

शीर्ष नेतालाई मन्त्री आङ्बोको चेतावनी- एउटालाई हराएर अर्को जिताउने ठेक्का माओवादीको होइन

'तालमेलको अधिकार स्थानीय तहलाई खुल्ला गरिदिऊँ, सहमतिको नाममा विलम्ब घातक छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो (मौसम) ले आवश्यकता र औचित्यका आधारमा स्थानीय स्तरमै तालमेलको अधिकार खुल्ला गरिदिन शीर्ष नेतृत्व समक्ष आग्रह गरेका छन् ।

मन्त्री आङ्बोले प्रदेश १ का संखुवासभा लगायतका जिल्लामा कांग्रेसले एकतर्फी गठबन्धन तोडेको सन्दर्भमा पार्टीको धारणा राख्दै एउटालाई हराएर अर्कोलाई जिताउने ठेक्का माओवादीले नलिएको टिप्पणी गरेका छन् ।

आङ्बोले सहमतिको नाममा विलम्ब घातक हुने भन्दै अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अघि बढ्न आह्वान समेत गरेका छन् ।

उनले भनेका छन्– एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन ,लोकतन्त्र,व्यवस्था र संविधान रक्षार्थ जिम्मेवार पूर्ण सहकार्यको अपेक्षा मात्र हो,सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौँ।।र शीर्ष नेताहरूलाई आग्रह छ आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वैच्छिक र खुल्ला गरिदिँउ…


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर