भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा (सूचीसहित) – Nepal Press

भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा (सूचीसहित)

चितवन । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।

राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।

भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।


प्रतिक्रिया

One thought on “भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा (सूचीसहित)

  1. सम्पूर्ण मा धन्यबाद पार्टी भित्र रहेका सुकिला र मोटा प्रति सङघर्ष गरनु पर्छ ।
    स्वतन्त्र तथा बागी आफ्नो उमेदवारहरु खड्गराज भरत पुर मा जित्नु पर्छ ।
    जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर