भारतमा फेरि साम्प्रदायिक झडप, ९ जना घाइते – Nepal Press

भारतमा फेरि साम्प्रदायिक झडप, ९ जना घाइते

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको जहंगागीरपुरीमा साम्प्रदायिक झडप हुँदा ९ जना घाइते भएका छन् । शनिबार साझँ हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उक्त झडप सुरु भएको स्थानीय संचार माध्यमहरुले जनाएका छ्न् ।

शोभा यात्रालाई अगाडि बढाउने क्रममा एक समुहले ढुङ्गा र सिसाको खाली बोत्तलहरु प्रहार गरी यात्रा भाड्न खोजेपछि झडप सुरु भएको प्रहरीले जनाएको छ भने झडपको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । यसै गरी झडपमा ८ जना सुरक्षाकर्मी र १ जना सर्वसाधरण घाइते भएका छ्न् ।

प्रहरीले हाल उक्त झडप सुनियोजित घटना थियो वा झगडाको कारण एक्कासी उत्पन्न घटना थियो भन्ने बारे अनुसन्धान भइरहेको जनाएको छ । भारतका विभिन्न चार राज्यहरुमा रामनवमीको समयमा पनि साम्प्रदायिक झडप भएको थियो भने गुजरातमा १ जनाको मृत्‍यु समेत भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर