मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् ।
नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो ।
विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ)०बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत प्राप्त गरिसकेकी छिन् ।