सत्ता गठबन्धन बैठकः सिट बाँडफाँटको जिम्मा कार्यदललाई – Nepal Press

सत्ता गठबन्धन बैठकः सिट बाँडफाँटको जिम्मा कार्यदललाई

काठमाडौं । सत्तारूढ गठबन्धनको आज बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिएको छ ।

शीर्ष नेताहरूको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेताहरूबीचमा सिट बाँडफाँट छिटो गर्ने सहमति पनि बनेको स्रोतले बतायो । आजै दिउँसो १ बजे कार्यदलको बैठक बस्ने पनि तय भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल यसअघि नै बनिसकेको छ ।

बैठकमा जिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल गर्ने र टुंगोमा पुग्ने सहमति बनेको छ ।

कार्यदलले सिट बाँडफाँटको प्रस्ताव शीर्ष नेताहरूमाझ प्रस्तुत गरेपछि मात्र अन्तिम निर्णय गरिने जनाइएको छ ।

महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने निर्णय भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर