झापामा लागुऔषधसहित तीनजना पक्राउ – Nepal Press

झापामा लागुऔषधसहित तीनजना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई पक्राउ गरेको हो ।

मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका–२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय काकाडभिट्टाले जनाएको छ ।

यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका–५ का २२ बर्षीय राजेश गुरुङ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् ।

गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्ररदेश १ प्रहरी कार्यालय विराटनगरका  सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर