लिङदेन भन्छन्- राप्रपा आफ्नै बुतामा लड्छ, मौका पाउनासाथ राजसंस्था र हिन्दू राष्ट्रको घोषणा गर्छ (भिडिओ) – Nepal Press

लिङदेन भन्छन्- राप्रपा आफ्नै बुतामा लड्छ, मौका पाउनासाथ राजसंस्था र हिन्दू राष्ट्रको घोषणा गर्छ (भिडिओ)

जनकपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने प्रष्ट्याएका छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा राप्रपा आफ्नै बलबुतामा लड्ने बताए ।

अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित्ने उनको दाबी छ ।

‘राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्नेछ । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको छ’, लिङदेनले भने ।

धनुषाको विरेन्द्रबजारमा पार्टी प्रवेश एवम् स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर आइपुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर