गठबन्धन कार्यदलको बैठक जारी, आज सहमति जुट्ने सम्भावना न्यून – Nepal Press

गठबन्धन कार्यदलको बैठक जारी, आज सहमति जुट्ने सम्भावना न्यून

काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको विषयमा गठबन्धन दलहरूबिच आजै सहमति जुट्ने सम्भावना न्यून हुँदै गएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ । तर भागबण्डाका विषयमा दलहरूका आ-आफ्ना दाबी कायम रहेका कारण सहमतिकाे सम्भावना कम हुँदै गएकाे हाे ।

बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चाधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज सामान्य छलफल मात्रै हुने संकेत गरे । बैठकबाट बाहिरिएका कार्कीले बैठक भोलि पनि बस्ने र साे बैठकमा निर्णय हुने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समिति बैठकमा ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल भइरहेको छ ।

भागबण्डाको अन्तिम टुंगो भने शीर्ष तहबाट नै लाग्नेछ । समितिले आफ्नो प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरूले अन्तिम रूप दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर