सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस, बढुवा भए आईजिपी बन्ने पक्का – Nepal Press

सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस, बढुवा भए आईजिपी बन्ने पक्का

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एआईजीमा राजु अर्याललाई सिफारिस गरिएको छ । उनी डीआईजीको वरियतामा एक नम्बरमा थिए।

कसैले उजुरी नगरे एक सातापछि अर्याललाई सरकारले एआईजीमा बढुवा गर्ने छ। अर्याल बढुवा भए आगामी वैशाख १९ गतेदेखि उनले सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

यसअघि रिक्त दरबन्दीमा ४ जना डीआईजीले आवेदन दिएका थिए। पुष्पराम केसीलाई आईजिपीमा बढुवा गरेपछि एआईजीको एउटा दरबन्दी खाली भएको थियो।

सशस्त्र प्रहरीमा एआईजीमध्येबाट आईजिपी बनाउनुपर्ने व्यवस्था रहेको छ। अर्यालले २०५४ चैतमा नेपाल प्रहरीबाट सेवा सुरु गरेका हुन्।

२०५८ सालमा सशस्त्र प्रहरी स्थापना भएपछि एक दर्जा बढुवा भएर उनि त्यता गएका थिए। अर्याल एआईजीमा बढुवा भए उनले आईजिपीको ४ वर्षे कार्यकाल पुरा सम्हाल्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर