कांग्रेसको कोही पनि तालमेलको पक्षमा छैनन्, हारे हारौंला : महामन्त्री थापा (भिडिओ) – Nepal Press

कांग्रेसको कोही पनि तालमेलको पक्षमा छैनन्, हारे हारौंला : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।

सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।

‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।

आफू विभिन्न जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा रहेको थापाले सुनाए ।

‘ ५० भन्दा बढी जिल्लाका साथी तालमेलको पक्षमा छैनन् । मतदातादेखि नेतासम्म विरोधमा छन् । विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन् । जबरजस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्नसक्छन् भन्ने उनीहरूको भनाइ छ’, उनले भने ।

थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने बताए ।

उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए ।

केन्द्रको घोषणा पत्र नकुर्न भन्दै थापाले भने, ‘विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुंगो गरिहाल्नुस् ।’

उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेसको कोही पनि तालमेलको पक्षमा छैनन्, हारे हारौंला : महामन्त्री थापा (भिडिओ)

  1. पिलि ज गगन दाजु यस्तो नभनदिनुस हजुरको याे अडानले काङ्ग्रेस पार्टी लाई फाइदा र हित ा तर पार्टी सभापति जियु काे राेति नै बन्द हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर