पार्टीले बाटो बिराएको भन्दै दाङ जिल्ला इन्चार्जले छाडे माओवादी – Nepal Press

पार्टीले बाटो बिराएको भन्दै दाङ जिल्ला इन्चार्जले छाडे माओवादी

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन् ।

आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गरेका हुन् । माओवादी केन्द्र दाङका इन्चार्जसमेत रहेका उनले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताए ।

´माओवादी केन्द्र अहिले जुन बाटोमा हिँडेको छ, यो बाटो वामपन्थी लाइनमा छैन । माओवादी दक्षिणपन्थी यात्रामा हिँडेको छ, त्यसैले मैले माओवादी केन्द्र छाड्ने निर्णय लिँए`, गुनासो गर्दै उनले भने ।

गौतमले आफू स्वतन्त्र बस्नेसमेत बताए । उनी घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरका आकांक्षी थिए ।

गौतम ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा घोराहीको मेयर उम्मेदवार बनेर तेस्रो स्थानमा थिए । यसपटक घोराही माओवादीले आफ्नो भागमा पाउनुपर्ने माग गरेको छ । तर कांग्रेसले मानेको छैन ।

उनी अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर