पञ्जाबमाथि लागेको तीन लाख करोड ऋणबारे अनुसन्धान गर्ने आपका मुख्यमन्त्रीको घोषणा
काठमाडौं । नवनिर्वाचित मुख्यमन्त्री भगवन्त मानले भारतेको पञ्जाब राज्यमाथि लागेको तीन लाख करोड ऋण खर्चबारे अनुसन्धान गरी पैसा फिर्ता ल्याउने घोषणा गरेका छन् । मानले नेतृत्व सम्हाल्नुपूर्व नै उक्त ऋण लागेको बताइएको छ ।
राज्यमा स्कुल, अस्पातल, विश्वविद्यालयलगायतका पूर्वाधार नबनेको अवस्थामा उक्त ऋण कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान गरिनु अत्यन्तै जरुरी रहेको भन्दै भगवन्तले उक्त घोषणा गरेका हुन् ।
पञ्जाबमा पछिल्लो ७० वर्षदेखि कांग्रेस वा अकाली दलको मात्र नेर्ततव रहेका कारण यस घोषणाले दुई दलबीच समस्या निम्त्याउन सक्ने अनुमान गर्न थालिएको छ । भगवन्त मानले हालै मात्र पञ्जाबमा ३ सय युनिटसम्म बिजुली निशुल्क हुने घोषणा गरेका थिए ।