नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित फार्मेसी सञ्चालक पक्राउ – Nepal Press

नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित फार्मेसी सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित एकजना फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाईछिपाई बिक्री वितरण गरिरहेका छन् भन्ने गोप्य सूचनाको महानगरीय प्रहरी परिसर टेकुस्थित अपराध नियन्त्रण महाशाखाबाट आइतबार खटिएको टोलीले काठमाडौंको नरेफाँटस्थित डाक्टर हेल्थ केयर फार्मेसीका सञ्चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ स्थायी घर भई हाल नरेफाँट नै बस्ने २६ वर्षीय कविर लामा भन्ने उदय थिङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट नियन्त्रित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजीको ४२ हजार ५०० थान र ट्रमाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजीको १० हजार थान बरामद गरेको छ । प्रहरीले थिङलाई थप अनुसन्धान तथा कारबाहीको लागि सोमबार औषधि व्यवस्था विभाग काठमाडौं पठाएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर