प्रतिबन्धित लागु औषधसहित दुईजना पक्राउ – Nepal Press

प्रतिबन्धित लागु औषधसहित दुईजना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्  ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० सिन्धुपाल्चोक घर भई झापा बिर्तामोड नगरपालिका– ८ मा नवदुर्गा सुनचाँदी पसल  सञ्चालन गरी बसेका २८ वर्षीय सविन गोले तामाङ र तेह्रथुमको आठराई गाउँपालिका–७ तेह्रथुम घर भई सोही स्थानमा अटो टेम्पो ग्यारेज सञ्चालन गरी बसेका २७ वर्षीय धन वीर बराल रहेका छन् ।

आइतबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका  सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता  प्रहरी  उपरीक्षक नवराज राईले जानकारी दिए ।

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर