युवा संघको विवाद टुंगियो, ४१९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/04/youba-sang.jpg)
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको विवाद पार्टी नेतृत्वले समाधान गरेको छ । जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र इन्चार्ज महेश बस्नेतको उपस्थितिमा बसेको केन्द्रीय कार्याल्यको बैठकले विवाद समाधान गरेपछि अध्यक्ष किरण पौडेलले विशेष सर्कुलर जारी गरेका छन् ।
युवा संघको पोखरामा सम्पन्न सचिवालय बैठक पूर्व रहेको ४१९ सदस्यीय सचिवालयलाई महाधिवेशन आयोजक कमिटीको रुपमा कायम गर्ने पार्टीको निर्देशन लागु भएको संघले जनाएको छ ।
त्यस्तै किरण पौडेल संयोजक र सन्जिकुमार झा तथा क्रान्ति बुर्लाकोटी सहसंयोजक राखेर सबै सबैलाई महाधिवेशन आयोजक कमिटी सदस्य बनाइएको छ ।
संघले उमेर हद पार गरेका, दोहोरो जिम्मेवारीमा रहेका, राजनीतिक नियुक्ति पाएका तथा स्वेच्छिक बिदा लिन चाहनेहरुलाई बिदा दिने जनाएको छ ।
युवा संघले स्थानीय चुनाव लक्षित अभियान घोषणा गर्दै एक बुथ दुई सय युथको नारा अघि सारेको छ ।