६ दलीय गठबन्धनलाई पराजित गर्दै सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल निर्वाचित – Nepal Press

६ दलीय गठबन्धनलाई पराजित गर्दै सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल निर्वाचित

सुर्खेत । सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र व्यवसायी लक्ष्मण कँडेल सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी बनेका छन् । नेपाली कांग्रेस संस्थापन समूह, नेकपा माओवादी, नेकपा एस, जसपा, राप्रपालगायतका दलहरुले सर्मथन गरेका हर्षविक्रम खड्कालाई नेकपा एमाले, कांग्रेसको संस्थापनइतर समूह र नेमकिपाको गठबन्धनले पराजित गरेको हो ।

स्थानीय तहको निर्वाचनको मुखैमा भएको उद्योग वाणिज्य संघ सुर्खेतको चुनावमा निवर्तमान महासचिव लक्ष्मण कँडेल विजयी भएका हुन् । नेकपा एमालेले यसलाई सत्तारुढ गठबन्धनको पराजयको रुपमा लिएको छ ।

आइतबार भएको निर्वाचनमा २०५८ मतदातामध्ये १८२४ मत खसेको थियो । यसअघिका महासचिवसमेत रहेका कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले ८६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत ९४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् ।

वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजित हुँदा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी भए । उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन् ।

महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षका उम्मेदवार कृष्णाकुमारी थापाले ८२१, महासचिवका उम्मेदवार रामप्रसाद जैसीले ८६५, उपमहासचिवका उम्मेदवार पूर्णदेव अधिकारीले ८१२, कोषाध्यक्षका उम्मेदवार राजेन्द्रबहादुर शाहीले ७६५ र सहकोषाध्यक्ष पदका उम्मेदवार भिमप्रसाद पौडेलले ८३२ मत ल्याएर पराजित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *