एमाले सांसद बस्नेत र उत्तराखण्डका मुख्यमन्त्री धामीबीच भेटमा के भयो कुराकानी ? – Nepal Press

एमाले सांसद बस्नेत र उत्तराखण्डका मुख्यमन्त्री धामीबीच भेटमा के भयो कुराकानी ?

काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र एमाले सांसद तथा पूर्वमन्त्री महेश बस्नेतबीच भारतको देहरादुनमा भेटघाट भएको छ।

भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री भएका धामी उत्तराखण्डमा हालै भएको निर्वाचनमा आफ्नो पार्टीलाई ७० मध्ये ४७ सिटमा विजय गराएर चर्चामा आएका थिए।

धामीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय जनता पार्टीको माथिल्लो तहका नेताहरुसँग राम्रो पहुँच भएका र भविष्यमा केन्द्रीय तहको जिम्मेवारी लिन सक्ने नेताको रुपमा हेरिएकाे छ । नेपालप्रति सकारात्मक दृष्टिकाेण राख्ने धामी र बस्नेतले एक–अर्कालाई तुलसीकाे विरुवा आदानप्रदान गरेर बधाई एवं शुभकामना साटासाट गरेका थिए ।

भेटका दौरानमा नेपाल, उत्तराखण्ड र विशेष गरेर सुदूर पश्चिम क्षेत्रको हितको बारेमा छलफल भएको थियो। धार्मिक पर्यटन, शिक्षा क्षेत्रमा नेपाली विद्यार्थीहरुलाई पढाइमा विशेष छुट दिने, महाकाली नदीको कारणले दुई देशका जनतामा देखिएको पारवहन र यातायात समस्या, सिंचाइको समस्या, तुइन काटिएर महाकाली नदीमा डुबेका धामीको विषयमा सौहार्द छलफल भएको सांसद बस्नेतले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शीर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका थिए ।

मुख्यमन्त्रीका सचिव भुवन तिवारीले भेट निकै सौहार्द भएको जानकारी दिए । उनका अनुसार पूर्वमन्त्री बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो मुख्यमन्त्री धामीले स्वीकार गरेको र चाँडै नै औपचारिक प्रकृया मिलाएर भ्रमणकाे समय निर्धारण गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर